१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बदन भण्डारीमाथि काठमाडौंमा आक्रमण भएको छ ।

कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि हिजो साँझ करिब ८ बजे आक्रमण भएको हो ।

भण्डारीको टाउको र खुट्टामा रड प्रहार भएको छ । रड प्रहारबाट घाइते भएका भण्डारीको चुच्चे पाटीमा रहेको स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

भण्डारी रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् ।