७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण
अ+ अ-

सिरहा। सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको बहुप्रतिक्षित पुल निर्माणमा लामो समयदेखि भइरहेको ढिलासुस्तीप्रति धनुषा, सिरहा र सप्तरी जिल्लाका स्थानीय तह प्रमुखले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवको अध्यक्षतामा आज सम्पन्न अन्तरक्रियामा ती जिल्लाका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितिमा पुल निर्माणमा भइरहेको अलपत्र अवस्थाबारे छलफल गरिएको हो ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले हालको डिजाइनमा कमला पुल निर्माण सम्भव नभएको निष्कर्ष निकाल्दै अब नयाँ डिजाइन, इस्टिमेट र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुनःनिर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

पुलको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन समाधान खोज्न पनि सहभागीले एकमत भएर निर्णय गरेको बरियापट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले जानकारी दिनुभयो ।

विसं २०६८ मा सुरु भएको पुल निर्माण अहिलेसम्म पनि अधुरै रहँदा स्थानीय जनताको दैनिकीमा ठूलो असर परेको छ । बाढी, लापरवाही र ठेकेदारको गैरजिम्मेवारीले निर्माण प्रक्रिया पटकपटक अवरुद्ध भएको हो ।

पप्पु कन्स्ट्रक्सन र पछि लुम्बिनी विल्डर्सले जिम्मा लिँदा पनि समयमा काम पूरा गर्न नसकेको जनाउँदै अब जिम्मेवार र सक्षम निर्माण कम्पनीमार्फत काम अगाडि बढाइनुपर्ने आवाज पनि उठेको छ ।

अन्तरक्रियामा जनकपुर उपमहानगर प्रमुख मनोजकुमार साह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, बरियापट्टी गाउँपालिका अध्यक्ष महतो, भवगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलगायत प्रतिनिधिहरूले यसपटक पुल निर्माणमा कुनै ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन् ।

बरियापट्टी गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “अब जिल्लास्तरीय अन्तरक्रियासमेत गर्दै निर्माण कार्य सुरु गराउन दबाब सिर्जना गरिनेछ ।” पुल नहुँदा बर्सेनि बाढी, आर्थिक गतिविधिमा बाधा, विद्यार्थीको पढाइ, बिरामीको आवतजावतजस्ता विषयमा स्थानीयले सास्ती भोग्दै आएका छन् । रासस