७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

जनताका पक्षमा काम गर्न निर्देशन-मन्त्री नवलकिशोर

जनताका पक्षमा काम गर्न निर्देशन-मन्त्री नवलकिशोर
अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम आउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्रालयले विगतमा गरेको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा परिणाममुखि काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को पहिलो संशोधन विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

मन्त्रालयले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको मस्यौदा निर्माण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकाय, नागिरक समाज सङ्घसंस्था तथा पीडित÷प्रभावितसँग छलफलका आधारमा परिमार्जन गरी अन्तिम रूप दिने तयारी गरेको छ ।

मन्त्रालयले पछिल्लो एक वर्षमा करिब ६० जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको जनाएको छ । एक वर्षमा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार पीडित÷प्रभावित ७७ महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना पनि गरेको छ ।  रासस