३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित : अध्यक्ष दाहाल

जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित : अध्यक्ष दाहाल
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापनाका लागि विचार मिल्ने इमान्दार शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले समाजवादी आन्दोलनलाई अगाडि बढाउने अबको सङ्कल्प हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले जनयुद्धमा महिलाको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, “जनयुद्धमा हजारौँ महिलाको सहभागिता नभएको भए सङ्घीय लोकतान्त्रिक संविधान, गणतन्त्र र राज्यका निकायमा महिलाको ३३ प्रतिशत उपस्थिति सम्भव थिएन ।”

अध्यक्ष दाहालले जनताको सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका षडयन्त्र परास्त गर्न परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । “सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्ध भइरहेको षड्यन्त्रविरुद्धको सङ्कल्प लिनुहुनेछ”, उहाँले भन्नुभयो ।

उहाँले संविधानले चाहेअनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताउनुभयो । तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयनभन्दा संविधानविरूद्ध गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धि उल्टिने खतरा देखिएको छ ।”

अध्यक्ष दाहालले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौँ–जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।”

माओवादीका उपाध्यक्ष पम्फा भुसालले पूर्ण महिला अधिकार स्थापनाका लागि वैज्ञानिक समाजवादमा जानुपर्नेमा जोड दिँदै प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

“उत्पादनको स्रोतमाथिको समान पहुँच, समान क्षमता र योगदानबाटमात्रै महिला मुक्ति सम्भव छ”, उहाँले भन्नुभयो, “महिलामाथि हुने विभेद भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वर्गीय रुपमा हटे पनि महिला पुरुषबीचको भेदभाव चिन्तनको समस्या हो, यो लामो समयसम्म रहन्छ, उक्त चिन्तनकाविरुद्ध सङ्घर्ष गर्नुपर्छ ।”

माओवादी नेत्री शशि श्रेष्ठले संविधानमा व्यवस्था भएका महिला हक अधिकार कार्यान्वयन गर्न सम्पूर्ण महिला एकताबद्ध हुनुपर्ने बताउनुभयो । “सबै प्रकारको विभेद अन्त्य गरेर समतामुलक नेपाल निर्माण गर्न क्रियाशील हुनुपर्छ, समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको प्रतिनिधित्व हुनुपर्छ”, उहाँले भन्नुभयो, “संविधान संशोधनका क्रममा महिलाका अधिकार खोसिन सक्छ, यसतर्फ सबैले खबरदारी गर्नुपर्छ ।”

माओवादी नेत्री एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको तथ्य प्रस्तुत गर्दै महिलालाई थप अधिकार दिन कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले अल्किना बमद्वारा लिखित पुस्तक ‘जुनकिरी हराएको रात’को लोकार्पण गर्नुभएको थियो ।रासस