१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्नुहुँदैनः डा. राजन भट्टराई

सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्नुहुँदैनः डा. राजन भट्टराई
अ अ+ अ-

काठमाडौं, भदौ १६ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा अडानमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविदसँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उहाँले अघिल्लो पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले अडानका साथ सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो पुस्ताले ज्यान दिएर जोगाए, आज त अडान लिँदा पुग्छ, हामीले एकताबद्ध प्रयास गरेनौँ भने देश जोगाउन सकिँदैन, त्यसैले यो कुनै व्यक्ति विशेषको मात्र प्रसङ्ग होइन, यो देशभक्त नागरिकको साझा जिम्मेवारी हो ।’

डा. भट्टराईले लिपुलेक लगायतका भूभागमा नेपालको दाबी कदापि छाड्न नहुने स्पष्ट अडान व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशभक्त नागरिकका हिसाबले त्यो भूभागको दाबी हामीले छाड्नु हुँदैन, सीमा विवाद टुङ्गिन समय लाग्न सक्छ तर अडान छाड्न हुँदैन, अन्य राष्ट्रिय कतिपय विषयमा विवाद हुन सक्छ, तर यस्ता मुद्दामा भने सबैले एकमत हुनु जरुरी छ ।’

भारत–चीनबीच भएको सहमतिमा लिपुलेकलाई व्यापारिक नाका बनाउन गरिएको निर्णय नेपाललाई अस्वीकार्य भएको प्रष्ट पार्दै उहाँले चीनले नेपालका चासोलाई बेवास्ता गर्न नहुने टिप्पणी गर्नुभयो । कार्यक्रममा उहाँले चीनको भूमिकाबारे पनि प्रष्ट विचार राख्दै भन्नुभयो, ‘सो भूमि भारत र नेपालको मामला हो भनेर चीन पनि उम्किन मिल्दैन, यसमा चीनले पनि नेपाललाई सहयोग गर्नुपर्छ ।’

उहाँले सबै खालका समस्याकाे समाधान संवादबाट नै हुने स्पष्ट पार्नुभयाे ।  ‘अबको बाटो फेरि पनि संवाद नै हो, संवादबाटै समस्या समाधान गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।

नेपालकाे भारतसँगको सम्बन्ध बहुआयामिक भए पनि सीमा विवादमा नेपाल पूर्ण रूपमा स्पष्ट रहेकाे उहाँले बताउनुभयाे ।  ‘नेपालको भूमि कसैले पनि मिच्न पाउँदैन’, उहाँले भन्नुभयाे ।

डा. भट्टराईले राष्ट्रिय स्वाभिमानका सवालमा कुनै सम्झौता गर्न नहुने भन्दै यस्ता विषयमा राजनीतिक दल, बौद्धिक समुदाय र नागरिक समाजबीच साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, सीमा विवाद टुङ्गिन समय लागे पनि नेपालले निरन्तर आफ्नो अडान कायम राख्नुपर्छ र वार्ता तथा कूटनीतिक माध्यमबाट मात्र स्थायी समाधान सम्भव छ ।

कार्यक्रममा नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा. विष्णु उप्रेतीले पनि सीमा विवादका विषयमा आफ्नो विचार प्रस्तुत गर्दै ठूला छिमेकी राष्ट्रहरूले साना मुलुकहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले लिपुलेक क्षेत्र ऐतिहासिक रूपमा नेपालको भूमि भएको प्रमाण पर्याप्त रहेको उल्लेख गर्दै भारत र चीन दुवैले नेपाललाई हेपाहा व्यवहार गर्न नमिल्ने टिप्पणी गर्नुभयो ।

त्यस्तै सीमा विज्ञ डा. बुद्धिनारायण श्रेष्ठले पनि आफ्नो धारणा राख्दै नेपालले प्रमाणसहित दाबीलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमा विवाद केवल दुई देशबीचको कूटनीतिक समस्या नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको मुद्दा भएकाले यसमा सरकारले स्पष्ट र दृढ अडान लिनुपर्ने धारणा राख्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी विज्ञ र परराष्ट्रविद्हरूले प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा राख्नुभएको लिपुलेकबारेको स्पष्ट अडानलाई स्वागत गर्दै नेपालले आफ्ना हित र सार्वभौमसत्ता जोगाउन अडानमा निरन्तरता दिनुपर्ने निष्कर्ष प्रस्तुत गर्नुभयो ।