४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

आमनागरिकले पछ्याउने भएकाले कलाकारले स्वास्थ्य जीवनशैली अपनाउन सन्देश प्रवाह गरौँः मन्त्री गुरुङ

आमनागरिकले पछ्याउने भएकाले कलाकारले स्वास्थ्य जीवनशैली अपनाउन सन्देश प्रवाह गरौँः मन्त्री गुरुङ
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रकर्मीलाई कलाकारितासँगै स्वास्थ्यको ख्याल राख्न र नियमित जाँच गराउन आग्रह गर्नुभएको छ ।

आज यहाँ चलचित्र विकास बोर्डद्वारा आयोजित ‘विशिष्ट चलचित्रकर्मी वितरण समारोह’ मा उहाँले जीवनलाई स्वास्थ्य र तन्दरुस्त राख्न नियमित स्वास्थ्य जाँचका साथै अनुशासित जीवनशैली अपनाउन सन्देश प्रवाहका लागि आग्रह गर्नुभएको हो ।

मन्त्री गुरुङले भन्नुभयो, “हामीले आफ्नो स्वास्थ्यका बारेमा गरिने परीक्षणमार्फत बेलैमा विभिन्न जानकारी पाउने गर्छौं, यसले गम्भीर प्रकृतिका रोगबाट बचाउँछ । साथै, कलाकारको जीवनशैलीलाई आमदर्शक र नागरिकले पछ्याउने भएकाले पनि स्वास्थ्यसम्बन्धी गतिविधिमा चनाखो हुनु जरुरी छ ।”

उहाँले विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्राप्त गर्नेलाई रु एक लाख ५० हजार र चलचित्रकर्मीको परिचय प्राप्त गर्नेलाई रु ७५ हजारको स्वास्थ्य बिमा (औषधि÷उपचारका लागि) उपलब्ध गराइने घोषणा गर्नुभयो । मन्त्री गुरुङले चलचित्र क्षेत्रको समृद्धिका लागि सरकार र आफूले गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।

“सरकारले यस क्षेत्रमा सक्दो सहयोग गरिरहेको छ । नीतिगत कुरासँगै पूर्वाधार विकासमा पनि सकेको सहयोग गरेका छौँ । राष्ट्रिय चलचित्र दिवस (असोज १५ गते) घोषणा गरेका छौँ । उक्त दिनलाई भव्यताका साथ मनाउन म चलचित्रकर्मीलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नयाँ बन्ने चलचित्र नीतिले हाल देखिएका केही अपूर्णतालाई सम्बोधन गर्ने बताउनुभयो । “चलचित्र क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्न पुगेको छ ।

मनोरञ्जनमा सीमित यस क्षेत्रले जसरी आफ्नो अस्तित्व बनाउँदै सम्मानित क्षेत्र बन्न पुगेको छ, आगामी दिनमा अन्तरराष्ट्रियस्तर हासिल गर्नेमा पूर्ण विश्वस्त छु  । यसका लागि चलचित्र निर्माता, निर्देशकसँगै हामीले पनि विकास बोर्डमार्फत विभिन्न कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीलाई राज्यले चलचित्रकर्मी परिचयपत्र दिएकाले यो महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले २० देखि ३० वर्षसम्म चलचित्रकर्ममा बिताउनुभएका चलचित्रकर्मीलाई परिचयपत्र दिएका छौँ ।

आफ्नो जीवनको ऊर्जावान समय चलचित्रको स्तरोन्नतिमा खर्चिनुभएका चलचित्रकर्मीलाई दिइएको परिचयपत्रमा बिस्तारै सकेको सेवासुविधा थप्दै जाने छौँ । यो राज्य दिएको एउटा पहिचान हो । हामीले यसमा कुनै विभेद नगरी प्रक्रिया पुगेका सबै चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरिरहेका छौँ ।”

अध्यक्ष डिसीले चलचित्रमा काम सुरु गरेको ३० वर्ष पुगेकालाई विशिष्ट चलचित्रकर्मी र २० वर्ष नाघेकालाई चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानलगायतका ८६ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको थियो । रासस