१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै

ड्र्यागन र हात्ती एकजुट हुनुपर्छः चिनियाँ राष्ट्रपति सी जिनपिङको भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह

ड्र्यागन र हात्ती एकजुट हुनुपर्छः चिनियाँ राष्ट्रपति सी जिनपिङको भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह
अ अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा आफ्नो प्रारम्भिक टिप्पणीमा चीन र भारत मित्र हुनु र ‘ड्र्यागन र हात्ती’ एकजुट हुनु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

संसार जटिल र अस्थिर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र भारत दुवैका लागि – दुई प्राचीन सभ्यताहरू, दुई सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरू र विश्वव्यापी दक्षिणका सदस्यहरू – मित्र र असल छिमेकी बन्नु, एकअर्काको सफलतालाई सक्षम पार्नु र ‘ड्र्यागन र हात्ती सँगै नाच्नु नै सही छनोट हो’ भन्नुभयो ।

सीले भन्नुभयो, “प्रधानमन्त्री मोदीलाई फेरि भेट्न पाउनु र साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को तियानजिन शिखर सम्मेलनमा चीनमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ ।”

प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय बैठकमा उहाँले भन्नुभयो, “गत वर्ष हामीले कजानमा सफल भेटवार्ता ग¥यौँ, जसले चीन–भारत सम्बन्धलाई नयाँ सुरुआत दियो । हामीले सहमत भएका महत्त्वपूर्ण बुँदाहरूलाई दुवै पक्षले कार्यान्वयन गरेका छन् र द्विपक्षीय आदानप्रदान तथा सहयोगले प्रगति गरेको छ ।”

सीले भन्नुभयो, “आज संसार शताब्दीमा एक पटक मात्र हुने परिवर्तनबाट प्रभावित छ । अन्तर्राष्ट्रिय अवस्था अस्थिर छ । चीन र भारत दुई प्राचीन सभ्यताहरू, विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरू र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यका रूपमा दुवैले जनताको हित सुधार्ने, विकासोन्मुख मुलुकहरूको एकता बढाउने र मानव समाजको प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी बोकेका छन् । असल छिमेकी र सौहार्दपूर्ण साथी, एकअर्काको सफलतालाई सक्षम बनाउने साझेदार र ड्र्यागन र हात्तीलाई सँगै नचाउन दिनु नै सही निर्णय हो ।”

सीले यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव भएको स्मरण गर्दै भन्नुभयो, “दुवै पक्षले सम्बन्धलाई रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट हेर्नु आवश्यक छ । यसरी मात्रै सम्बन्धलाई दिगो, स्थिर र सुदृढ विकासतर्फ अघि बढाउन सकिन्छ । बहुपक्षवादलाई समर्थन गर्दै, बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा लोकतन्त्र ल्याउन, एसिया र विश्वमा शान्ति र समृद्धिको योगदान दिन हामीले मिलेर काम गर्नुपर्छ ।”