धनगढी । डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् ।
निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै उनले आइतबार कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् ।
डा.केसीले कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले भदौ १७ गतेसम्म सत्याग्रहमा बस्ने जानकारी दिए । गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता गर्ने साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउनेलगायत यस अघि आफूहरूसित भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिन सत्याग्रहमा बस्नु परेको उनले बताए ।
यस्त्रै, उनले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगबाट गलत ढंगले मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय भएको भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।











