१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बा, ओजिल र नेमारले क्लब छाड्ने सम्भावना



अ+ अ-

लन्डनः युरोपेली फुटबल लिगमा राम्रो प्रभाव पार्न सफल फ्रेन्च मिलफिल्डर पल पोग्बा, जर्मन मिडफिल्डर मेसट ओजिल र ब्राजिली फरवार्ड नेमारले आआफ्ना क्लबबाट बिदा हुने तयारीमा रहेका चर्चा हुन थालेको छ ।

हुनत म्यान्चेस्टर युनाइटेडका फरवार्ड पोग्बाले लामो समयदेखि क्लब छाड्ने चर्चा हुने गरेको थियो । प्रिमियर लिगमा कमजोर प्रदर्शन गरिरहेको युनाइटेडका खेलहरुमा चोटका कारण लामो समयदेखि खेल्न नसकेका पोग्बालाई बिक्री गर्न युनाइटेड आफैं उत्सुक देखिएको छ ।

२७ वर्षीय पोग्बालाई खरिद गर्न इच्छुक रियल म्याड्रिडले युनाइटेडसँग प्रस्ताव गर्न लागेको स्पेनी अखबार मुन्डो डिपोर्टिभोले लेखेको छ ।

यस्तै एट्लेटिको म्याड्रिडका मिडफिल्डर थोमस पार्टीले त आफू आर्सनल जान इच्छा देखाइसकेका छन् ।

टर्कीको क्लब फानरबाखले आर्सनलमा रहेका जर्मन मिडफिल्डर ३१ वर्षीय मेसट ओजिललाई अर्को वर्षका लागि क्लबमा ल्याउन चाहेको सन पत्रिकाले जनाएको छ ।

उता पेरिस सेन्ट–जर्मेनमा खासै बस्न इच्छुक नदेखिएका ब्राजिली फरवार्ड नेमार पुनः स्पेनी क्लब बार्सिलोना फर्कन इच्छुक रहेको मुन्डो डिपोर्टिभोले जनाएको छ । २८ वर्षीय फरवार्ड नेमार स्पेन जानेक्रममा आफ्नो शुल्कमा ५० प्रतिशत कटौती गर्न पनि राजी भएको बताइएको छ ।

आर्सनल र चेल्सी दुबै टिम टर्कीका मिडफिल्डर १९ वर्षीय ओर्कुन कोकुलाई टिममा ल्याउन संघर्षरत छन् ।