१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज संसद्मा विशेष सम्बोधन गर्ने, रास्वपा र राप्रपाको विरोध कायमै



photo: rss
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने छ ।

सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन भोलि चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका बारेमा सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका उहाँको सचिवालयले जनाएको छ ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताउनुभएको छ ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा पनि विपक्षी दलहरु रास्वपा र राप्रपाको अवरोध भने कायमै रहने भएको छ । यी दुई दलले गत जेठ १३ गतेदेखि प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् ।

भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने माग गर्दै उनीहरुले विरोध जारी राखेका हुन् ।