४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

प्रधानमन्त्री ओलीले आज संसद्मा विशेष सम्बोधन गर्ने, रास्वपा र राप्रपाको विरोध कायमै

प्रधानमन्त्री ओलीले आज संसद्मा विशेष सम्बोधन गर्ने, रास्वपा र राप्रपाको विरोध कायमै
photo: rss
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने छ ।

सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन भोलि चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका बारेमा सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका उहाँको सचिवालयले जनाएको छ ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताउनुभएको छ ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा पनि विपक्षी दलहरु रास्वपा र राप्रपाको अवरोध भने कायमै रहने भएको छ । यी दुई दलले गत जेठ १३ गतेदेखि प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् ।

भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने माग गर्दै उनीहरुले विरोध जारी राखेका हुन् ।