२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कार्की र जापानी राजदूतबीच भेटघाट



अ+ अ-

विराटनगर।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र जापानका राजदूत माएदा तोरुबीच आज भेटघाट भएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भएको उक्त भेटघाटमा उहाँहरुबीच आपसीहितका विषयमा कुराकानी भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिनुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले जापान र नेपालको सम्बन्ध ऐतिहासिक तथा मित्रतापूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले नेपालको विकासमा जापानले खेलेको भूमिका प्रशंसनीय रहेको प्रसङ्ग उल्लेख गर्दै नेपालको पूर्वाधार क्षेत्रको विकासमा जापानले सहयोग गर्दैआएको स्मरण गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटनमा सहयोग गर्न सो अवसरमा जापानी राजदूत तोरुसँग आग्रह गर्नुभयो ।

जापानी राजदूत तोरुले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै औद्योगिक विकास र कृषि क्षेत्रमा सहयोग गर्न जापान तयार रहेको बताउनुभयो । रासस