९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

किसानलाई सरकारले करदाता र मतदाता मात्रै ठान्योः हृदयेश त्रिपाठी

किसानलाई सरकारले करदाता र मतदाता मात्रै ठान्योः हृदयेश त्रिपाठी
अ अ+ अ-

काठमाडौँ । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताउनुभएको छ ।

बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष त्रिपाठीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म किसान सरकारको प्राथमिकतामै नपरेको बताउनु भयो । सबैले किसानलाई मत दिने र कर तिर्नेका रुपमा मात्रै बुझेको उहाँको दाबी छ । उहाँले किसान विभाजित भएका कारण पनि मारमा पर्ने गरेको बताउनु भयो । आफ्नो हक अधिकारका लागी एकजुट हुन पनि उहाँले किसानलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यले किसानलाई अहिलेसम्म प्राथमिकतामा राखेन । किसानलाई के ठान्यो भने करदाता र मतदाता । यिनी कर दिन्छन् र मत दिन्छन् । यो भ्रमले किसानलाई अहिलेसम्म सबैले बुझे । अर्को एउटा किसानको समस्या के छ भने किसान हरेक आलीबाट नै विभाजित हुन्छन् । एकताको अभाव छ । जब हामी मार खान्छौ अनि एक हुन्छौँ । हामी एक भयौँ भने मार नै खाँदैनौँ । कुरो त्यहाँनिर छ । त्यसकारण यो विषयमा तपाईहरु अलिकति चिन्तन गर्नुहोला ।’

उहाँले उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको बताउनु भयो । विशेष गरेर अर्थ मन्त्रालयबाट समस्या उत्पन्न भएको उहाँको भनाई छ । उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।