१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको लगानी बाँकेबाट पश्चिम जान सकेनः मुख्यमन्त्री साह



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साहले निजी क्षेत्रको लगानी बाँकेबाट पश्चिम जान नसकेको गुनासो गर्नुभएको छ ।

बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रायलमा आयोजित सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रको ठूलाठूला लगानीहरु लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको बताउनु भयो । उहाँले लगानी सुदूरपश्चिमसम्म के कारणले पुग्न नसकेको हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा भिन्नता देखिएको बताउनु भयो । उहाँले निजी क्षेत्र सुदूरपश्चिमसम्म पुग्न नसकेको कारण के हो ? भन्ने पहिचान गर्न खोजेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विशेष गरी लगानीका सन्दर्भमा दुई वटा कोणले हेर्नुपर्छ जस्तो मलाई लाग्छ । एउटा कोण सरकारले कति व्यवस्थापन ग¥यो गरेन । एउटा पाटो त्यो छ, यसमा हामी धरै चुकेका छौँ । हामी गर्न खोजिरहेका छौँ । अर्को पाटो के छ भने जुनजुन निकायमा, ठाउँमा, प्रदेशमा अहिले लगानीहरु भएका छन् । ती लगानी कस्तो वातावरणमा भयो ? ती लगानी किन सुदूरपश्चिमसम्म पुग्न सक्दैन, त्यसको पनि गहिराईमा गएर हामी खोजी गर्न चाहन्छौँ । कारण के हो भन्ने पहिलाउन चाहन्छौँ, हामी । यो भन्दैगर्दा तपाईहरुलाई दुःखका साथ भन्नुपर्छ मैले अहिले निजी क्षेत्रको लगानी, ठूलाठूला लगानीहरु लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको छ । त्यो भन्दा पश्चिम सर्नै सकेको छैन । यद्यपी हामीले सेजका कुरा, औद्योगिक क्षेत्रका कुरा, जग्गा प्राप्तीका कुरा उठान गर्दैगर्दाखेरी पनि हामी कहीँ त्यसमा चुकेका छौँ कि । हामीले त्यो वातावरण किन निर्माण गर्न सकेका छैनौँ । यतातिर पनि सोच्न जरुरी छ । यो भन्दैगर्दा की हामीलाई, सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा कही भिन्नता छ । अथवा सुदूरपश्चिमको आवाजलाई कसैले सुन्न दिँदैन की अथवा पुग्दैन की । अवथा हामी आफै पनि त्यो स्थानसम्म पुग्न सक्दैनौँ की भन्ने पनि मलाई महशुस हुन्छ ।’

उहाँले निजी क्षेत्रलाई ढुक्क भएर सुदूरपश्चिममा लगानी गर्न आग्रह समेत गर्नुभयो । निजी क्षेत्रलाई जग्गा, सडक, विद्युत लगायतका पूर्वाधार प्रदेश सरकारले उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्न लागेको छ । सोही सम्मेलनको बारेमा प्रदेश सरकारले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रिया आयोजना गरेको हो ।