४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

सार्वजनिक ऋण २७ खर्ब नजिक, एक महिनामै थपियो १४ अर्ब

सार्वजनिक ऋण २७ खर्ब नजिक, एक महिनामै थपियो १४ अर्ब
अ+ अ-

काठमाडौँ । मुलुकमा सार्वजनिक ऋण चुलिँदै गएको छ । त्यस्तो ऋण चुलिँदै जाँदा मुलुकलाई व्ययभार चर्किंदै गएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सार्वजनिक ऋण २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्व २ करोड ऋण थप भएको छ ।

योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकोमा श्रावण मसान्त सम्ममा थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २६ खर्व ८३ अर्ब ६० करोड पुगेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । जुन कुल गार्हस्थ्य उत्पादनको ४३.९४ प्रतिशत हो । कुल सार्वजनिक ऋणमा श्रावण मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्व सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको छ । उक्त लक्ष्य मध्ये श्रावण मसान्तसम्ममा ४४ अर्व ५७ करोड ऋण प्राप्ति भएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ–‘वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र वाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ११.०५ र १.९६ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमशः ८९.७४ र १०.२६ प्रतिशत रहेको छ ।’

यस्तै चालु आर्थिक वर्ष २०८२÷८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएको थियो । जसमा श्रावण मसान्तसम्म ३६ अर्ब ६८ करोड भुक्तानी भएको ऋण व्यवस्थापनको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ८.९३ प्रतिशत हो । कूल गार्हस्थ उत्पादनको आधारमा श्रावण सम्ममा कुल ऋण सेवा खर्च ०.६ प्रतिशत रहेको छ ।

श्रवाणमा ऋण लिइसकेको सरकारले भदौ लागेयता पछि पनि ऋण लिन छाडेको छैन् । आज (बुधवार) पनि विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।

अहिले नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र तीन वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् । अहिले तीन वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ बोलकबोलमार्फत जारी गर्ने तयारी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।