काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका- २ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा माधव नारायण – ६ निवासी लक्ष्मण पासवान रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिनुभयो ।
डीएसपी कार्कीले भन्नुभयो ‘उनलाई आज बिहान आफ्नै घर नजिकै रहेको माधवनारायण नपा-६ माधोपुरस्थित नहरको बाटोमा जिउमा आगो लगाएको अवस्थामा बुधबार बिहान हामीले पक्राउ गरेका हौँ ।’
शरीरमा आगो लगाएको पासवानले घटनामा संलग्नता रहेको स्वीकार गरेको बुझिएको छ । आगोले पासवानको शरीरको विभिन्न भाग जलेकोले उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
गएको शनिबार राति रुवीको शव गौर नगरपालिका(९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसमा फेला परेको थियो।
शव फाल्नको लागि प्रयोग भएको ई–रिक्साका चालक गौरका लक्ष्मण महरालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।










