४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन सो आग्रह गर्नुभएको हो । उ

हाँले पत्रमा यस प्रयोजनका लागि उहाँका जोर्डनी समकक्षीले चाल्नुहुने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभएको थियो ।

परराष्ट्र मन्त्रालयको बिज्ञप्तिको पूर्णपाठ

इजरायलले कृषि क्षेत्रमा उपलब्ध गराएको “Learn and Earn” कार्यक्रममा भाग लिन गएका बखत ७ अक्टोबर २०२३ देखि हमासको कब्जामा रहेका नेपाली नागरिक (विद्यार्थी) श्री विपिन जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि नेपालले विभिन्न द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय/ अन्तर्राष्ट्रिय मञ्चहरुको उपयोग गर्दै आएको छ । यसैको निरन्तरतास्वरुप सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २०८२ भाद्र ८ का दिन उहाँका जोर्डनी समकक्षी अब्दल्लाह द्वितीयलाई पत्राचार गर्नुभएको छ । पत्रमा राष्ट्रपतिज्यूले जोर्डनका राजालाई निज जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन अनुरोध गर्दै उहाँले यस प्रयोजनका लागि चाल्नुहुने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गर्नुभएको छ ।

यसका अतिरिक्त उक्त पत्रमा राष्ट्रपतिज्यूले नेपाल र जोर्डनबीच कायम रही आएको असल र मित्रवत सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्नुहुँदै दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनको लागि नेपाल सदैव प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गर्नुभएको छ । यसैगरी, पत्रमा सम्माननीय राष्ट्रपतिज्यूले राजा अब्दल्लाहले खाडी क्षेत्र र विश्वमा मानवीय मूल्य, द्वन्द्व व्यवस्थापन तथा अन्तर-साँस्कृतिक सौहार्दता कायम गर्न खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै नेपाल र जोर्डनबीच व्यापार, लगानी, पर्यटन, श्रम आप्रवासन, साँस्कृतिक आदान-प्रदान तथा जनस्तरको सम्बन्ध विस्तार लगायत आपसी हितका विविध क्षेत्रमा सहकार्य गर्न सकिने प्रचुर सम्भावना रहेको कुरा पनि उल्लेख गर्नुभएको छ ।

यसअघि इजरायल सरकारको प्रायोजन तथा निमन्त्रणा र नेपाल सरकारको सहयोगमा इजरायल भ्रमण गरी त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री लगायतका उच्च पदाधिकारीहरुसँग भेटघाट गरी विपिन जोशीको शीघ्र रिहाइ तथा स्वदेश फिर्तीको लागि पहल गरिदिन अनुरोध गरी नेपाल फर्किएका निज जोशीका आमा पद्मा कुमारी जोशी र बहिनी पुष्षा जोशीले २०८२ भाद्र ८ का दिन सम्माननीय राष्ट्रपतिज्यू र माननीय परराष्ट्रमन्त्रीज्यू तथा २०८२ भाद्र ७ का दिन सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेटघाट गर्नुभएको थियो ।

निज विपिन जोशीको खोजी तथा सुरक्षित रिहाइका लागि गरिएका सबै प्रयासका बाबजुद हालसम्म निजको अवस्था यकीन हुन सकेको छैन । निजको अवस्था पत्ता लगाई हमासको कब्जाबाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने कुरामा नेपाल सरकार निरन्तर लागिरहने व्यहोरा पनि सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिन्छ ।

परराष्ट्र मन्त्रालय

सिंहदरबारकाठमाडौं ।

२०८२ भाद्र १० गते, मंगलबार ।