४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

पूर्वराष्ट्रपति भण्डारीसँग रास्वपाका प्रवक्ता मनिष झाको भेट, के भयो कुरा ?

पूर्वराष्ट्रपति भण्डारीसँग रास्वपाका प्रवक्ता मनिष झाको भेट, के भयो कुरा ?
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसंग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गर्नुभएको छ । मंगलबार बिहान पूर्वराष्ट्रपति निवास भंगालमा उहाहरूबीच करिब २ घण्टा छलफल भएको थियो ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकोमा आफू सन्तुष्ट नरहेको बताउनु भएको झाले जानकारी दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीको भनाई उद्दृत गर्दे झाले न्यूजपोलारसंग भन्नुभयो “रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ ।

पूर्वराष्ट्रपति भण्डारीले सहकारीका बचतकर्ताहरूको बचत सरकारले फिर्ता गर्न सुरू नगरेको पनि बताउनु भयो । उहाँले भन्नुभयो ‘सहकारीको विषयलाई राजनीतिक मुद्दामात्रै बनाइयो, बचतकर्ताहरूको बचत सरकारले फिर्ता गरेको छैन,’ उनले भनिन्, ‘चाडपर्वको मुख छ, बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउनुपर्ने हो नि ।’

सहकारी बचत रकम अपचलन मुद्दामा सुरूमा रूपन्देही कारागारमा राखिएका रविलाई हालै नख्खु कारागार राखिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा युवा पुस्ता नयाँ विचारसहित आएको भन्दै प्रशंसासमेत गर्नुभएको जानकारी दिनुभयो । प्रवक्ता झाले आफूले एमालेको पार्टी सदस्यताबारे पनि चासो राखेको न्यूजपोलारलाई जानकारी दिनभयो ।

उहाँले भन्नुभयो -केपी ओलीसँग केही समयअघि ऋषि धमलाले लिएको अन्तर्वार्ता र त्यहाँ उल्लेख गरिएका विषयका सन्दर्भबारे कुरा राख्नुभयो, आफ्नो सदस्यता एमालेले रोक्नुपर्ने कुनै कारण नरहेको र विगतमा केपी ओलीले नै पार्टीमा फर्कन कुनै समस्या नरहेको अभिव्यक्ति दिएको कुरा पूर्वराष्ट्रपति भण्डारीले बताउनु भयो ।