२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यँयाः (इन्द्रजात्रा)को लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान



अ+ अ-

काठमाडौं- यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान गरेका छन । प्रत्येक वर्ष झैं यस वर्ष आज यंलाथ्व दुतिया (भदौ ९ गते) सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् ।

पञ्चाङ्ग निर्णायक विकास समितीद्वारा दिइएको साइतअनुसार आज विहान ठीक ९: ४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाईमा गएका प्रतिनिधिहरुले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा)को लागि यःसिं काट्ने अर्थात वृक्ष कर्तन गरिने छ ।

यस वर्षको यँया (इन्द्रजात्रा)को लागि समिति दिएको साइतअनुसार आज राती ९:०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पुजा गरिनेछ ।

त्यसपछि सुनको बञ्चरो, चाँदीको बञ्चरोले सांकेतिक रुपमा घाउ गरेपछि रुख काट्न शुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि विहानै देखि यःसिंको लागि छनोट गरिएको रुख काट्न शुरु गरिन्छ भने भोली नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ ।

सकेसम्म भोली बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन विहान ९:५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ । भोताहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडी राखिनेछ ।

त्यसपछि यंलाथ्व द्वादशि (भदौ १९ गते) विहीवार विहान १०:३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने) छ । यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रुपमा शुरु भएको मानिन्छ ।