३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पूर्वराष्ट्रपति विद्या भण्डारी आजदेखि राजनीतिमा थप सक्रिय हुँदै

पूर्वराष्ट्रपति विद्या भण्डारी आजदेखि राजनीतिमा थप सक्रिय हुँदै
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि राजनीतिमा थप सक्रिय हुनु हुने भएको छ । नेकपा एमालेले सदस्यता नवीकरण नगरिदिएको भए पनि उहाँले राजनीतिक यात्रालाई थप गतिशील बनाउन लाग्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेका तत्कालीन महासचिव मदन भण्डारी फाउन्डेसनमार्फत आफ्ना गतिविधि अघि बढाउन लाग्नुभएको हो ।

जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसनद्वारा गठित ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय’ को पूर्वराष्ट्रपति भण्डारीले आज उद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा कार्यालय उद्घाटन गर्न लागिएको हो ।

यो कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो आगामी राजनीतिक यात्राका विषयमा समेत जानकारी दिनुहुने बताइएको छ ।

दुई पटक राष्ट्रपति बनिसकेकी भण्डारीलाई फेरि पार्टी राजनीतिमा सक्रिय नबन्न एमालेले सुझाव दिँदै आएको छ । तर उहाँको सक्रियता रोकिएको छैन ।

तीन दिनअघि मात्र कोशी प्रदेशमा पुग्नुभएकी भण्डारीले आफू राजनीतिक यात्रामा अघि बढिसकेकाले पछाडि फर्केर नहेर्ने बताउनुभएको थियो ।

उहाँले गएको असार १४ मै एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । तर एमालेले भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुपर्ने भन्दै सदस्यता खारेज गरिदिएको छ ।

त्यसपछि उहाँले मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय बन्दै आउनुभएको हो ।

विद्याका श्रीमान् एवं दिवंगत नेता मदन भण्डारीको नाममा रहेको फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । फाउन्डेसनले भण्डारीको हीरक जयन्ती भव्यताका साथ मनाउने तयारी गरेको छ ।

फाउन्डेसनले वर्षभरी नै देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसको अगुवाई गर्दै पूर्वराष्ट्रपति भण्डारीले पनि देशव्यापी पुग्ने र आफ्ना गतिविधि बढाउने तयारी गरिरहनुभएको हो ।