२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईका २० जिल्लामध्ये १६ मा कोरोना संक्रमण



अ+ अ-

काठमाडौँ । नेपालका बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५० पुगेको छ । पछिल्ला ४ दिनमा मात्रै नेपालमा कोरोना भाइरसबाट थप १ सय ५०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार २४, मंगलबार ८३ र बुधबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार बिहान मात्रै ७ जनामा संंक्रमण पुष्टि भएको छ । अहिलेसम्म २१ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये १६ तराईका जिल्ला रहेका छन् । तराईका २० जिल्लामध्ये १६ मा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म तराईका मोरङ, सुनसरी, सिरहा र दाङमा भने कोरोना संक्रमण देखिएको छैन । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको भएका छन् । त्यस्तै कपिलवस्तुमा ३९, रुपन्देहीमा २८, बाँकेमा २५, कैलाली, धनुषा र महोत्तरीमा ४–४, बारा, रौतहट र सर्लाहीमा ३–३, झापा र चितवनमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरी, नवलपरासी पश्चिम, बर्दिया र कञ्ञ्चनपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

तराईका १६ जिल्लाबाहेक काठमाडौं, भक्तपुर, उदयपुर, भोजपुर र बागलुङमा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा ३२, काठमाडौंमा ६, भक्तपुरमा र बागलुङमा २–२ जना तथा भोजपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै निको हुनेहरुमा उदयपुरका १४, काठमाडौंका ५, कैलालीका ४, पर्साका ३, चितवन र बागलुङका २–२, तथा रुपन्देही, भोजपुर, कञ्चनपुर, झापा र रौतहटका एक–एक जना रहेका छन् ।

नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमण बढिरहेकाले तराईका जिल्लामा संक्रमण बढिरहेको छ । तराईका अधिकांश संक्रमित भारतबाट फर्किएकाहरु रहेका छन् । कान्तिपुर दैनिक