२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईका २० जिल्लामध्ये १६ मा कोरोना संक्रमण



अ+ अ-

काठमाडौँ । नेपालका बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५० पुगेको छ । पछिल्ला ४ दिनमा मात्रै नेपालमा कोरोना भाइरसबाट थप १ सय ५०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार २४, मंगलबार ८३ र बुधबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार बिहान मात्रै ७ जनामा संंक्रमण पुष्टि भएको छ । अहिलेसम्म २१ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये १६ तराईका जिल्ला रहेका छन् । तराईका २० जिल्लामध्ये १६ मा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म तराईका मोरङ, सुनसरी, सिरहा र दाङमा भने कोरोना संक्रमण देखिएको छैन । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको भएका छन् । त्यस्तै कपिलवस्तुमा ३९, रुपन्देहीमा २८, बाँकेमा २५, कैलाली, धनुषा र महोत्तरीमा ४–४, बारा, रौतहट र सर्लाहीमा ३–३, झापा र चितवनमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरी, नवलपरासी पश्चिम, बर्दिया र कञ्ञ्चनपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

तराईका १६ जिल्लाबाहेक काठमाडौं, भक्तपुर, उदयपुर, भोजपुर र बागलुङमा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा ३२, काठमाडौंमा ६, भक्तपुरमा र बागलुङमा २–२ जना तथा भोजपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै निको हुनेहरुमा उदयपुरका १४, काठमाडौंका ५, कैलालीका ४, पर्साका ३, चितवन र बागलुङका २–२, तथा रुपन्देही, भोजपुर, कञ्चनपुर, झापा र रौतहटका एक–एक जना रहेका छन् ।

नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमण बढिरहेकाले तराईका जिल्लामा संक्रमण बढिरहेको छ । तराईका अधिकांश संक्रमित भारतबाट फर्किएकाहरु रहेका छन् । कान्तिपुर दैनिक