३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विद्या भण्डारीले बनाउन खोजेको राजनीतिको बाटो

विद्या भण्डारीले बनाउन खोजेको राजनीतिको बाटो
अ+ अ-

काठमाडौं । आफ्नो पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै तरिकाले नयाँ अभियान सुरु गर्नुभएको छ । एमालेले सदस्यता नवीकरण नगरे पनि आफू एमाले कार्यकर्ता नै भएको भन्दै भण्डारीले अभियानलाई तीव्रता दिनुभएको हो ।

राजनीतिक सक्रियता बढाउँदै एमाले नेतृत्वमाथि दबाब सिर्जना गर्न उहाँले फरक रणनीति अबलम्बन गर्नुभएको हो । पार्टी गतिविधिमा संलग्न नहुन भनेर एमालेले भण्डारीलाई सुझाव दिइरहेको छ । तर भण्डारी भने एमालेको सुझावलाई बेवास्ता गर्दै राजनीतिक गर्ने आफ्नो अधिकार भएको जिकिर गरिरहनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले अब एमालेको राजनीतिमा फर्कन आफ्नो बाटो आफैं तय गरिरहनुभएको हो । धेरैभन्दा धेरै कार्यकर्तामाझ पुगेर आफ्नो पक्षमा माहोल सिर्जना गर्ने र नेतृत्वलाई दबाब दिँदै राजनीतिमा बलियो स्थान हासिल गर्ने उहाँको सोच छ । त्यही कारण त उहाँले अहिले विभिन्न सार्वजनिक मञ्चहरुमा सहभागिता जनाउँदै आउनुभएको छ ।

हिजो मात्रै विराटनगर पुगेर सार्वजनिक मञ्चबाटै आफू एमालेको सदस्य भएको र सक्रिय राजनीतिमा लागिसकेको घोषणा गर्नुभयो । उहाँले पार्टी गतिविधिमा संलग्न हुन संविधानले रोक नलगाएको भन्दै एमालेले सदस्यता नवीकरण नगर्ने निर्णयलाई पुनर्विचार गर्ने अपेक्षा पनि उहाँले गर्नुभयो ।

भण्डारीले भदौ ५ गतेदेखि अझ सशक्त कार्यक्रम अघि बढाउँदै हुनुहुन्छ । जनताको बहुदलीय जनवादी सिद्धान्तका प्रतिपादक मदन भण्डारीको ७५ औं जन्मजयन्ती कार्यक्रममा भदौ ५ गतेदेखि उहाँले थप सक्रियता बढाउने बताइएको छ । त्यस दिन काठमाडौंको नयाँबानेश्वरमा मदन भण्डारी फाउन्डेसनले गर्ने कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विशेष घोषणा गर्नुहुने छ ।

लगत्तै भण्डारी वीरगन्ज जाने कार्यक्रम तय भएको छ । त्यसपछि आवश्यकताअनुसार जिल्लाजिल्लामा पुग्नुहुने उहाँले आफ्नो राजनीतिको बाटो आफैं तय गर्न लाग्नुभएको हो ।

एमालेले पार्टी पुनरागमनमा रोक लगाउने गरी राजनीतिक निर्णय लिएपछि पूर्वराष्ट्रपति भण्डारीले त्यसको प्रतिवाद गर्दै अघि बढ्न लाग्नुभएको हो ।

यता, पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने निर्णय गरेसँगै तल ध्रुवीकरण नबढोस् भनेर अध्यक्ष केपी शर्मा ओली प्रदेश इन्चार्ज र केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफलमा हुनुहुन्छ ।

भण्डारीका पक्षमा खुल्ने वातावरण नबनोस् र केन्द्रीय कमिटी बैठकको निर्णय फरक ढंगले नजाओस् भनेर उहाँले केन्द्रीय सदस्यका लागि बालुवाटारको ढोका खुला राख्नुभएको छ ।

ओलीको कठोर कदमबाट विचलित नहुने सन्देश दिएकी भण्डारी पनि निरन्तर आफूनिकट नेता र केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहनुभएको छ ।

केन्द्रीय कमिटीले गरेको निर्णय विधान महाधिवेशनमा उल्ट्याउने गरी भण्डारीले छलफल अघि बढाउनुभएको हो ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । महाधिवेशनमा पेश हुने विधानको मस्यौदालाई अन्तिम रुप दिन अहिले पार्टीका तल्लो तहमा छलफलका लागि पठाइएको छ । त्यो छलफलमा समेत एमालेका नेताहरु ओली र विद्याको पक्षमा विभाजित भएका छन् ।

विधानको धारा १५ अनुसार दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै दोस्रो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् । दसौं महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि थिए । त्यसमध्ये केहीको मृत्यु भएको र केहीले पार्टी छाडेर गएको घटाउँदा दुई हजार हाराहारी प्रतिनिधि हुने अनुमान गरिएको छ ।

केन्द्रीय कमिटीमा विभिन्न हिसाबले मानिस मुखर नभए पनि विधान महाधिवेशनमा प्रतिनिधिले विद्याको पक्षमा कुरा राख्ने तयारी गरेका छन् ।

त्यसपछि एमाले नेतृत्वमा दबाब बढ्ने र आफ्नो राजनीतिक यात्रा अघि बढ्ने अपेक्षा भण्डारीको छ ।