२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा बादी बालबालिकालाई शैक्षिक सामग्री वितरण



अ+ अ-

सुर्खेत । सामुदायिक विकास केन्द्र नेपालले सुर्खेतमा बसोबास गर्ने बादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

बादी समुदायका बालबालिकाहरूलाई शैक्षिक क्षेत्रमा पहुँच दिलाउने उद्देश्यसहित सामग्री वितरण गरिएको सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधिका मताङ्गीले जानकारी दिइन्। उनका अनुसार विरेन्द्रनगर–११ धुलियाविटस्थित शिव माध्यमिक विद्यालयमा अध्ययनरत बादी समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

मताङ्गीले भनिन्, “बादी समुदायका बालबालिकाले पनि समान अवसर पाउनुपर्छ भन्ने सोचका साथ यो पहल गरिएको हो। शिक्षा नै उनीहरूको भविष्य परिवर्तन गर्ने आधार बन्न सक्छ भन्ने हाम्रो विश्वास हो।”

कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, बाँके र बर्दियामा मुख्य रूपमा बसोबास गर्ने बादी समुदाय अझै पनि पछाडि परिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस समुदायका बालबालिकालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यस समुदायले अझै पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त पहुँच बनाउन नसकेको कारण सहयोग गरेको र यसलाई निरन्तरता दिने संस्थाका उपाध्यक्ष रेशम नेप्किङले जानकारी दिनुभयो ।

परम्परागत रूपमा बादी समुदाय संगीत, नाच–गान र वाद्यवादनमा दक्ष मानिन्छ। विगतमा दरबार र जमिन्दारका लागि मनोरञ्जन दिने परम्परा रहेपनि लामो समयसम्म छुवाछूत र सामाजिक विभेदको मारमा पर्नुपरेको थियो। अहिले धेरैजना बादीहरू कृषि, मजदुरी र स्वरोजगारमा संलग्न भए पनि शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा भने अझै पछि परिरहेका छन्।