२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता

सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल

सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताउनुभएको छ ।

जनकपुरमा आईतवार पत्रकारहरुसँग कुरा गर्दै यहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाउनु भयो । उहाँले सोही अनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताउनु भयो ।

संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर सरकारले अहिले पनि त्यसलाई अगाडी बढाउन ढिलाई गरिरहेको उल्लेख गर्नुभयो । यस्तै शिक्षा विद्येयक पनि अड्काएर राखेको उहाँको आरोप छ । संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘सरकारका एकपछि अर्को कदमहरु सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिसोध साँध्ने, जनविरोधी कानुनहरु ल्याउने । यहाँहरुले सुन्नुभएको छ, भुमीसम्बन्धी विद्येययको । संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर अहिले पनि त्यसलाई ढिलाई गरिरहेको छ । संघियताको अर्को महत्वपूर्ण शिक्षा विद्येयक त्यो अड्काएको अड्काई छ । संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर छैन ।’

उहाँले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरुसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिनुभयो । एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपालकम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उहाँको भनाई छ । यद्यपि एकताको पक्रिया सकरात्मक रहेको उहाँले बताउनु भयो ।