६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो

ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाई

ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाई
अ+ अ-

ताप्लेजुङ। यही साउन २४ गतेदेखि सुरु भएको तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सहलेशले चर्चब्वाइज युवाक्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।

खेलको ७९औँ मिनेटमा सुरेन खड्काले पहिलो गोल गरेका थिए भने ८९औँं मिनेटमा युसुकमलिकले दोस्रो गोल थप्न सफल भएका हुन् । ललितपुरले गोल फर्काउने प्रयास गरे पनि सफल नभएपछि उपविजेतामा चित्त बुझाएको छ ।

यसअघि सेमिफाइनलमा सहलेशले झापाको रेडस्टार फुटबल क्लबलाई २–० गोल अन्तरले हराएको थियो । चर्चब्वाइजले सुनसरीको दयङ ब्रदर्शलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

गतवर्ष उपविजेता बनेको सहलेश युवाक्लबले यसपटक कमजोरी सच्याएर उपाधि आफ्नो पोल्टामा पारेको हो । क्लबमा चार विदेशी खेलाडीसमेत समावेश छन् । चर्चब्वाइजले भने विदेशी खेलाडीबिना प्रतिस्पर्धा गरेरै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो ।

सहलेशले प्रतियोगिताभर क्वाटर फाइनल र सेमिफाइनलमा कुनै गोल नखाएर फाइनलमा पुगेको थियो । सोही क्रमलाई निरन्तरतामा दिँदै उसले उपाधि हात पारेको हो ।

चर्चब्वाइजले कठिन जितमार्फत फाइनलसम्म पुगे पनि उपाधि जित्न असफल रह्यो । आयोजक लाखेजात्रा सञ्चालक समितिका कोषध्यक्ष दावा शेर्पाका अनुसार विजेताले रु सात लाख दुई हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको चर्चब्वाइजले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ ।  रासस