काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् ।
२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले दोस्रो चरणमा शुक्रबार थप पाँच जना मन्त्री नियुक्त गरेका हुन् । यससँगै १४ सदस्यीय मन्त्रिपरिषद् पूर्ण भएको छ ।
बानियाँले आज सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका हुन् ।
बानियाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले २० साउनमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।










