२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद ढकाल



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यात्रुहरु हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले यात्रुहरुमाथि दुव्र्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरुले पाउन नसकेको बताउनु भयो । विमानस्थलमा यात्रुमाथि उनीहरुको आत्मसम्मानमा ठेस पु¥याउने काम भएको बताउनु भयो । विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने, यात्रुहरु हरेकलाई यो ठग नै हो जस्तो गर्ने, बेला बेलामा दुव्र्यवहार पनि गर्ने जुन काम पहिलादेखि भइरहेको थियो, त्यो काम रोकिएको छैन । अब त्यहाँ कोही पहिलो पटक उत्साहित भएर गइरहनुभएको हुन्छ, उहाँहरुलाई थाहा हुँदैन । एउटा प्यासेन्जरले अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन सेवा प्राप्त गर्नुपर्ने हो, त्यो सेवा प्राप्त गर्न सक्नुभएको छैन । उहाँहरुको आत्मसम्मानमा ठेस आउने किसिमले एयरपोर्टमा काम, कारबाही भएको छ । एयरपोर्टमा प्राधिकरणको प्रमुखको शासन लागू भएको छ । त्यहाँ मन्त्रालयको के रोल हुन्छ मलाई थाहा छैन, उहाँको आफ्नो खुशीअनुसार कहिले पास खुला गरेको छ, कहिले बन्द गरेको छ, अपाङ्ग हुनुहुन्छ, महिला हुनुहुन्छ । पहिला त्यहाँ चेकिङ काउण्टरसम्म पास लिएर त्यहाँ गएर पठाउने चलन थियो । त्यहाँ न कुनै वैकल्पिक व्यवस्था गरिएको छ । त्यो छैन ।’

सांसद ढकालले विमानस्थल अस्तव्यस्त रुपमा सञ्चालन भइरहेको बताउनु भयो । –