३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाल अर्थोपेडिक अस्पतालले मनायो वार्षिकोत्सव

नेपाल अर्थोपेडिक अस्पतालले मनायो वार्षिकोत्सव
अ+ अ-

काठमाडौँ: गैरनाफामूलक संस्थाका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २७ वर्ष पूरा गरेको छ ।

विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहने गरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेसनलको सहकार्यमा उक्त अस्पताल सन् १९९८ मा स्थापना भएको हो । वार्षिकोत्सवका अवसरमा आज अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै साधारण ओपिडी बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइएको थियो ।

त्यस अवसरमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले नगरपालिकाको सहयोगमा निर्माण गरिएको अस्पतालको प्रशासन कार्यालय भवनको उद्घाटन पनि गर्नुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले अस्पतालले गरिब, न्यून आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार, ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गता केवल शारीरिक अवस्था मात्र होइन, यो सामाजिक, आर्थिक र मानसिक पक्षसँग पनि गहिरो रूपमा जोडिएको विषय भएकाले अस्पतालले उपचारसँगै पुनःस्थापना, मनोपरामर्श, व्यावसायिक तालिम र जनचेतना कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष साम्देन लामा, वीर अस्पतालका निर्देशक प्रा डा दिलीप शर्मा, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एनयोङ, वडा नं ६ का अध्यक्ष नवराज लामा, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष ध्रुव गिरीलगायतका वक्ताले अस्पतालको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

यस अघि अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल सहितका खाध्य सामग्री बितरण गरिएको प्रशासन प्रमुख धिरज  मैनालीले जानकारी दिनुभयो ।