२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोईत, दाहाल, सुवेदी र थापा राप्रपा नेपालको केन्द्रीय सदस्यमा मनोनित



अ+ अ-

काठमाडौं । राप्रपा नेपाल धनुषा जिल्ला कार्यसमितिको बैठकले देबन गोइतको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको छ ।

जनकपुरमा बसेको बैठकले जिल्ला समिति पुनर्गठन गरेको हो । गोईत पार्टी स्थापना कालदेखिका पुराना कार्यकर्ता हुन् । उनी ०६२/६३ को समयमा धनुषाको पार्टी अध्यक्षको जिम्मेवारीमा थिए ।

यसैगरी केही दिन अघि पार्टी प्रवेश गरेका डा. बालकृष्ण दाहाल, डा. सुदर्शन सुवेदी र अर्थविद प्रकाश थापालाई अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।

डा. दाहाललाई शिक्षा विभागको प्रमुख र डा. सुवेदीलाई प्रशिक्षण विभागको सदस्यको रुपमा जिम्मेवारी दिइएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।