३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विपिन जोशीकी आमा र बहिनी इजरायल प्रस्थान, उच्च अधिकारीहरुसँग भेट गर्ने

विपिन जोशीकी आमा र बहिनी इजरायल प्रस्थान, उच्च अधिकारीहरुसँग भेट गर्ने
अ+ अ-

काठमाडौं । झन्डै दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशीको खोजी गर्दै उनकी आमा पद्मा र बहिनी पुष्पा आज इजरायल प्रस्थान गरेका छन् ।

पद्मा र पुष्पाको आज इजरायलका राजदूतले बिदाइ गरे । राजदूतले उनीहरुले उच्च ओहोदाका इजराइली कर्मचारी, आर्मी र नेताहरूसँग भेटघाट गर्नुहुनेछ बताएका छन् ।

कमाउ र पढ कार्यक्रम अन्तरगत कृषि तालिमका लागि इजरायल गएका कन्चनपुरका विपीन जोशीको अपहरण भएको २ वर्ष पुग्न लागेको छ । ७ अक्टोबर २०२३ मा हमासद्धारा अपहरणमा परेका जोशीको अवस्थाको बारेमा कुनै टुंगो लाग्न सकेको छैन ।

त्यहीक्रममा खोजीको लागि जोशीकी आमा पद्धमा र बहिनी पुष्पा इजरायल गएका हुन् । परिवारका सदस्यहरुका अनुसार जोशीको वास्तविक अवस्था पत्ता लगाएर मात्र फर्किने अठोटसहित उनीहरु इजरायल जान लागेका हुन् ।

तेल अबिबमा रहेको नेपाली राजदूतावासले उनीहरुलाई राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गराउने प्रयास शुरु गरेको छ ।

२३ वर्षीय विपिन हमासले इजरायलमा सन् २०२३ अक्टोबर ७ मा आक्रमण गरी अपहरणमा पर्नुभन्दा करिब तीन हप्ताअघि मात्रै इजरायल पुगेका थिए । उनी दक्षिण इजरायलको एक कृषि फार्ममा कार्यरत रहँदा अपहरणमा परेका थिए ।

हमासले इजरायलमाथि गरेको भिषण आक्रमणका क्रममा जोशीलाई अन्य विदेशी नागरिक र इजरायलीहरूसँगै गाजापट्टीमा बन्धक बनाइएको थियो ।

सोही आक्रमणमा परी सपही–६, धनुषाका आनन्द साह, घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, पाँचनली–डोटीका राजन फुलारा, बाउनिया–३ कैलालीका आशिष चौधरी, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार र लेकाम–५ दार्चुलाका दिपेशराज विष्टको मृत्यु भएको थियो ।