काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा अर्जुन साउदले चितवन राइनोजबाट खेल्ने भएका छन् ।
शनिबार काठमाडौंमा जारी अक्सनमा साउदलाई चितवनले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।
‘ए’ श्रेणीमा रहेका साउदका लागि चितवनका कर्णाली याक्स र विराटनगर किङ्सले पनि उत्ति नैबोली लगाएका थिए । तर, लक्की ड्रमा उनी चितवनमा परे ।
‘ए’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम् मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।










