१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा समितिको बैठकमा काँग्रेस प्रमुख सचेतक घिमिरे र रास्वपा सांसद श्रेष्ठबीच चर्काचर्की



अ+ अ-

काठमाडौँ: प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको छ ।

विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले गरिब तथा विपन्न विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने विषयमा छलफल चलिरहँदा प्रमुख सचेतक घिमिरे र सांसद श्रेष्ठबीच चर्काचर्की भएको हो ।

सांसद श्रेष्ठले विद्यालय शिक्षा उपसमितिको प्रतिवेदन कसले रोक्यो ? भनेर प्रश्न गरेपछि प्रमुख सचेतक घिमिरेले प्रतिवाद गर्नुभयो । सांसद श्रेष्ठले निजी विद्यालयलाई अनुदान दिन नहुने तथा विद्यालयले गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई आवाससहितको पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रश्ताव राख्नुभयो ।

घिमिरेले निजी विद्यालयले आवासको व्यवस्था गर्ने व्यवस्था कानूनमा राख्न नहुने धारणा राख्नुभयो । उहाँले संसारका धेरे जस्तो देशहरुमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुलाई अनुदान दिने गरेको उल्लेख गर्दै अनुदान दिनसक्ने व्यवस्था गर्न प्रश्ताव गर्नुभयो । —न्युज एजेन्सी नेपाल