२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दि छोडेर विदेशिएका सहकर्मीलाई बिदाइ गर्दा…



अ+ अ-

काठमाडौं । हिजोदेखि सामाजिक सञ्जालमा एउटा घटनाका दृश्य भाइरल भइरहेका छन् ।

दृश्य हो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छ । नेपाल प्रहरीका एक कर्मचारीले जागिर छाडेर विदेशिन लागेपछि सहकर्मी भावुक बनेकी छन् ।

यसअघि उनीहरु दुवै जना विमानस्थलकै सुरक्षामा खटिएका थिए । तर अप्रत्यासित रुपमा एक जना सहकर्मीले जागिर त्यागेर विदेशीने निर्णय गरेपछि अर्की सहकर्मी भावुक बनेकी हुन् ।

नेपाल प्रहरीमा राजीनामा दिएर बाहिरिने र विदेश पलाउने क्रम क्रम बढ्दो छ । गत आर्थिक वर्ष २०८१/०८२ मा मात्र २ हजार ३ सय ६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् ।

फोटो : नवराज परियार

सिनियर दर्जाका १९ जनाले राजीनामा दिएका छन् । यस्तै जुनियर अधिकृत ४ सय १ जना जागिर छाडेर जाँदा जवान र हवल्दार १ हजार ९ सय ४९ जनाले राजीनामा दिएका छन् ।

यस्तै अनिवार्य अवकाशमा ५२३ जना गएका छन् ।

गत आर्थिक वर्षमा २ हजार ७१७ जना प्रहरीमा भर्ना भएका छन् । जवान, सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा गरी त्यति नयाँ प्रहरी भर्ती भएका हुन्।

नेपाल प्रहरीमा ७९ हजार ५४१ जनाको दरबन्दी रहेको छ । त्यसमध्ये हाल ९४.०५ प्रतिशत अर्थात् ७४ हजार ८०६ जना कार्यरत छन् । यसमध्ये पनि ६५ हजार ५२० जना पुरुष र ९ हजार २८६ जना महिला प्रहरी छन् ।

अहिले प्रहरीमा ४ हजार ७३५ जनाको दरबन्दी खाली छ ।