२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वले गुल्जार काठमाडौं उपत्यका (फोटो फिचरसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका अहिले गुँला पर्वले गुल्जार छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म यो पर्व मनाउँछन् ।

प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौं तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन् ।

गत साता सुरु भएको यो पर्वमा वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

गुँला धर्म नेपाल मण्डलमा मनाइने प्राचीन पर्व मानिन्छ भने यसलाई विशुद्ध नेवा: पर्व मानिन्छ। नेपालभाषामा गुँ को अर्थ नौ, हुने भएकोले प्राय: मानिसहरु गुँला नवौं महिना हो भनेर झुक्किने गर्दछन् ।

यस पर्वलाई गुँला किन भनियो भन्ने बारेमा धेरै मतभेद तथा अख्यानहरु रहेको पाइन्छ । विभिन्न इतिहासकारका अनुसार गुँ भनेको नेपालभाषामा डाँडा हो, र ला भनेको महिना हो । यस समयमा भारी वर्षाका कारण बाढी, पहिरो आउने भएकोले त्यसो नहोस् भनी प्रकृतिको पूजा गरिने भएकोले गुँला भनिएको बताउँछन् ।

यसै कुरामा संस्कृतविदहरुका अनुसार श्री स्वयम्भू महाचैत्यको सेवा गर्ने प्रचलन आदिकाल देखि नै चल्दै आएकोले यस्तो तर्क नमिल्ने बताउँछन् ।

यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ । भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

फोटो -राजबहादुर शाही




भर्खरै