१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

अमेरिकामा कोरोना भाइरसबाट एक लाखभन्दा बढिको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट एक लाखभन्दा बढिको मृत्यु
अ अ+ अ-

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३ सय ९६ पुगेको छ । त्यस्तै बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १७ लाख पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ४ लाख निको भएका छन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा जनवरी २१ मा पहिलो पटक देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामै मृत्यु भएको छ । बीबीसीका उत्तर अमेरिकी संवाददाता जोन सोपेलका अनुसार कोरिया, भियतनाम, इराक र अफगानिस्तानमा गरी भएको ४४ वर्षको युद्धमा भन्दा बढी अमेरिकी नागरिकको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी बेलायतमा ३७ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या करिब २ लाख ६८ हजार रहेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा देखिएको छ । ब्राजिलमा अहिलेसम्म करिब ४ लाख ११ हजारमा संक्रमण देखिएको छ भने २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसैगरी रुसमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढिरहेको छ । रुसमा बिहीबार बिहानसम्म ३ लाख ७० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । छिमेकी मुलुक भारत पनि कोरोना भाइरसको संक्रमण धेरै भएका देशमध्येमा पर्छ । बिहीबार बिहानसम्म भारतमा एक लाख ५८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । भारतमा ६७ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमण नियन्त्रणउन्मुख भएको बताइन्छ । चीनमा अहिलेसम्म ८४ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ७९ हजार ३ सय ६६ जना निको भएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अहिले चीनमा संक्रिय केसहरु करिब सयको हाराहारीमा मात्रै रहेको छ । पछिल्ला केही दिन यता चीनमा संक्रमण देखिएको छैन ।

कोरोना भाइरसको संक्रमणबाट बिहीबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ३ लाख ५५ हजार ५ सय ७५ जनाको मृत्यु भएको छ । त्यस्तै ५६ लाख ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब २३ लाख ५० हजार निको भएका छन् । कान्तिपुर दैनिक