४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

बालुवाटारमा दुई दलको बैठक सकियो, मन्त्री हेरफेरबारे छलफल भएन

बालुवाटारमा दुई दलको बैठक सकियो, मन्त्री हेरफेरबारे छलफल भएन
अ+ अ-

काठमाडौँ । बालुवाटारमा बसेको सत्ता साझेदार दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल सकिएको छ ।

मन्त्री हेरफेर लगायत सरकारका काम कारबाहीबारे छलफल गर्न भनेर बसेको बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे छलफल नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

छलफलमा सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुङ्ग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे छलफल भएको नेता खड्काले बताए । उनले भने, ‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश पनि भएन, छलफल पनि भएन त्यो विषयमा कुनै चर्चा नै भएन । ’

बैठकमा बागमती सरकारबारे सामान्य समीक्षा भएको जानकारी दिदै उनले भने,  ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो, त्यो विषय कांग्रेसको भएकाले कांग्रेसले नै मिलाउँछ एमालेले सहयोग गरिरहेकै छ भन्ने भयो ।’

यस्तै, बैठकमा समग्र सरकारको परफमेन्सका बारेमा छलफल हुँदा काम कारबाही प्रभावकारी बनाउने, बजेट कार्यान्वयनलाई गति दिने लगायतमा छलफल भएकोउनले बताए ।

छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।