१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान
अ अ+ अ-

आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने भएकोे छ । अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सोको जानकारी दिनुभएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा यो रकम उपलब्ध गराइने पनि अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए । जनसंख्या, क्षेत्रफल र मानव विकास सूचकका आधारमा राजस्व बाँडफाँडतर्फ गरिएको हो । सो अनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । यो रकम तल्लो तहका सरकारले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा समेत खर्च गर्न सक्छन् ।

अर्थमन्त्रीका अनुसार आगामी आवमा ससर्त अनुदानतर्फ भने प्रदेशले ३६ अर्ब ३५ अर्ब र स्थानीय तहले १ खर्ब ६१ अर्ब ८ करोड पाउनेछन् । यो रकम भने केन्द्रबाट सञ्चालित कार्यक्रम, कर्मचारीको तलब तथा तोकिएको आयोजना र कार्यक्रममा मात्र खर्च हुन्छ । प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारबाट चार प्रकारका अनुदान पाउने कानुनी व्यवस्था छ । जसमा वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, विशेष अनुदान र ससर्त अनुदान छन् । हाल सरकारले वित्तीय समानीकरण अनुदान र ससर्त अनुदानको सिलिङ तोकेको हो । स्थानीय निकाय रहेका बेला स्थानीय निकायलाई सरकारले ससर्त र निःसर्त अनुदान दिने व्यवस्था थियो । तर, हाल विगतमा जस्तो निःसर्त अनुदानको व्यवस्था गरिएको छैन ।

त्यसै गरी आगामी आवमा राजस्व बाँडफाँटबाट भने तल्लो सरकारमा १ खर्ब २२ अर्ब १४ करोड रुपियाँ पाउने भएका छन् । आगामी आर्थिक वर्षमा ससर्त र समपूरक अनुदानमा भने क्रमशः ९ अर्ब रुपियाँ र ९ अर्ब ९७ करोड रुपियाँ विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ । यस वर्ष सरकारले ससर्त अनुदानलाई बढाएको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

सांसद विकास कोषको रकम घट्यो

सरकारले स्थानीय विकास साझेदारी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । चालू आर्थिक वर्षका लागि सरकारले संघीय संसद् निर्वाचन क्षेत्रका लागि ६ करोड रुपियाँका दरले बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि भने ६ अर्ब ६० करोड बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । यो चालू आर्थिक वर्षको तुलनामा ३ अर्ब ३० करोड रुपियाँले कम हो । सरकारले चालू आर्थिक वर्षमा यस कार्यक्रमका लागि ९ अर्ब ९० करोड रुपियाँ विनियोजन गरेको थियो । अर्थविद् तथा कतिपय सांसदहरूकै समेत विरोधका बीच सरकारले यस कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कर्मचारीको निःशुल्क कोरोना बीमा
सरकारले अस्थायी र करारलगायत सबै राष्ट्रसेवक कर्मचारीको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको १ लाख रुपियाँसम्मको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए । बीमा समितिले १ हजार रुपियाँमा १ लाख रुपियाँको र ५ सय रुपियाँमा ५० हजार रुपियाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ । परिवारकै बीमा गर्ने हो भने १ लाख रुपियाँका लागि ६ सय रुपियाँ र ५० हजार रुपियाँका लागि ३ सय रुपियाँ तिर्नुपर्नेछ । बीमाको अवधि एक वर्ष हुनेछ ।

बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजेटिभ देखिएको अवस्थामा १ लाखको गरे १ लाख र ५० हजारको गरे ५० हजार रुपियाँ बीमा दाबी भुक्तानी हुनेछ । राष्ट्रसेवक कर्मचारीलाई निजी आवास निर्माण र उनीहरूका सन्ततीलाई उच्च शिक्षा अध्ययन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको छ । सार्वजनिक निकायमा कार्यरत सबै अस्थायी र करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री खतिवडाले बताए । नेपाल समाचारपत्र दैनिक