५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह



अ+ अ-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले कतिपय सहकारी सञ्चालकहरुबाट ठगिएका वचतकर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन र रकम फिर्ताका लागि प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउनु भयो । वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्युन गर्न नेपाली काँग्रेसलेसरकारलाई दबाब दिँदै आएको बताउनु भयो । मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याइ जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली काँग्रेस कटिवद्ध रहेको पनि बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘कतिपय सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन, प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्युन गर्न नेपाली काँग्रेसलेसरकारलाई दबाब दिँदै आएको छ । मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याइ जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली काँग्रेस कटिवद्ध छ ।’

सभापति देउवाले नेपालको वित्तीय क्षेत्रको विविध समस्याको समाधान गर्न काँग्रेस प्रतिवद्ध रहेको बताउनु भयो ।




भर्खरै