१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिले विधेयक ऐन, २०८१ लाई कार्यान्वयनका निमित्त तदारुकता देखाइ अक्षरशः कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले विधेयक ऐन २०८१ को अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

समितिको निर्णय सुनाउँदै समिति सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित कानूनलाई अडिट गरी सहायका कानूनहरुलाई  समितिमा पठाउन निर्देशन गरेको बताउनु भयो । संघ, प्रदेश र स्थानीय तहको समन्वयका निमित्त बनाउन बाँकी कानूनहरु छिटो बनाउने प्रक्रिया मिलाइ कानून बनाएर संघीयतालाई बलियो बनाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कानून मन्त्रालयसँग सम्बन्धित विषयहरुमा हामीले छलफल गरेका छौँ । कानून मन्त्रालयले विगतको २०८१/०८२ देखि ०८२/०८३ सम्मको कानून मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयमा कति कार्यान्वयन भएको छ, कति कार्यान्वयन भएको छैन ? भन्ने हाम्रो जिज्ञासा थियो । कार्यान्वयन हुँदैछ र कार्यान्वयन नभएको विषयमा हामी कार्यान्वयन गर्दछौँ भन्नुभएको छ । कार्यान्वयन गर्न निर्देशन गरेका छौँ । संघ, प्रदेश र स्थानीय तहको समन्वयका निमित्त जुन कानून बनाउन बाँकी छन्, निजामति, प्रहरी कानून लगायतका कानूनहरु जो बनाउनुपर्नेछ । छिटो प्रक्रिया पु¥याइ, कानून बनाएर संघीयतालाई बलियो बनाउन निर्देशन दिइएको छ । प्रत्यायोजित कानून । प्रत्यायोजित कानून बनेको पाँच वर्षभित्र एक÷एक वर्षमा फेरि पाँच वर्षभित्र एक÷एक वर्षमा त्यसलाई अडिट गर्नुपर्ने र सहायका कानूनहरु बनेका कुरालाई समितिमा पठाउन निर्देशन गरेको छ । विधेयक ऐन २०८१ लाई कार्यान्वयनका निमित्त तदारुकता देखाओस् र अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।’

समितिले सरकारी आश्वासनहरु पूर्णतः कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।