१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा

सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानून बनाउँदा सेवा स्तरलाई सुधार गर्नेगरी बनाइनुपर्ने बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । उहाँले विमानस्थल सुधारका लागि कानूनहरु बनाइँदा संस्थागत सुधार र सेवा स्तरको सुधारमा विशेष जोड दिनुपर्ने बताउनु भयो । अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर पुरानै भएको खण्डमा छुट्टै संरचनाको महत्व नरहने बताउनु भयो । कानूनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसको संस्थागत सुधारका बारेमा हामी कति स्पष्ट छौँ, हामीले कति जोड दिएर काम गर्ने हो यसमा स्पष्ट हुनुपर्छ । सेवाको स्तर कसरी सुधार गर्ने ? अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर उही भयो भने अहिले हामी जुन ढंगले जान खोजेका छौँ, यसको उपादेयिता रहँदैन । सेवाको स्तरलाई सुधार गर्नेगरी कानूनहरु बढी फलदायी हुनुपर्छ । आइकाओ लगायतको अन्तर्राष्ट्रिय स्तरबाट हामीलाई जुन प्रकारको व्यवधान छ, त्यसलाई हल गर्न यो कानूनले के मद्दत गर्दछ । कालोसूचिमा राखिएको कुरा हट्न योगदान गर्छ की गर्दैन ? यसमा सोच्नुपर्छ । यस कानूनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्छ ।’

सांसद सापकोटाले अन्तर्राष्ट्रिय स्तरलाई विश्वासमा लिनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।