१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादीकाे संविधान संशाेधनकाे प्रस्ताव



अ+ अ-

काठमाडौं: जनता समाजवादी पार्टी पनि संविधान संशोधनको अलग प्रस्ताव लिएर संघीय संसद सचिवालय पुगेकाे छ । सरकारले यसअघि नै सरकारी विधेयकका रूपमा नेपालकाे निशानछाप परिवर्तन गर्ने सम्बन्धी विधेयक संसदमा दर्ता गरेकाे छ । 

तर समाजवादी पार्टीले भने गैरसरकारी विधेयक दर्ता गर्न खाेजेकाे हाे । विधेयक दर्तामा संसदीय प्रकृया देखाउँदै संसद सचिवालयले प्रस्ताव दर्ता गर्न अस्वीकार गरेकाे संसद सचिवालयले जनाएकाे छ । उनीहरुले तयार पारेको विधेयक अध्ययन गरेपछि सचिवालयका महासचिवले यस विषयमा सभामुख अग्नि सापकोटासँग छलफल गरेपछि मात्र दर्ता गर्न सकिने जवाफ दिएका थिए ।

पार्टीका नेता अनिल झाका अनुसार निवेदनका बारेमा थप छलफल सभामुख सापकोटासँग गरेपछि आइतबार दर्ता गर्ने भनेपछि नेताहरु फर्कनु भएकाे थियाे । जसपाले आफूहरुले राखेको मागको आधारमा प्याकेजमै संविधान संशोधन गर्न माग गरेको छ । यसअघि उनीहरू प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकाे समर्थन जुटाउन बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर छलफल गरेका थिए ।