१ भाद्र २०८३, सोमबार
,
Latest
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समूदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताउनुहुन्छ ।

पछिल्लो समय पुख्र्यौली पेसासमेत लोप भएपछि विकल्पका रूपमा यो समूदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेका छन । “हाम्रो परम्परागत पेसा नदीमा सुन चालेर गुजारा गर्ने हो, नदीमा सुन नचालेको वर्षौँ भयो”, उहाँले भन्नुभयो, “अहिले हिउँदको छ महिना महाकालीमा गिट्टी बालुवा चाल्छौँ, वर्षात्मा मजदुरी गरेर परिवारको जोहो गर्छौँ ।”

उहाँले आफ्नो जाति सूचिकृत नहुँदा राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासो गर्नुभयो । “अहिलेसम्म हाम्रो जातीय पहिचान नै छैन, यसका लागि हामीले धेरै अनुरोध ग(यौैँ”, उहाँले भन्नुभयो, “जाति सूचिकृत नहुँदा अन्य अल्पसङ्ख्यक समूदायले जस्तो राज्यबाट पाइने सुविधाबाट वञ्चित भएका छौँ ।”

बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समूदायले पटकपटक जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको मेघादेवी सुनाहा बताउनुहुन्छ । उहाँले निर्वाचनका समयमा मत माग्न आउने उम्मेदवारले जातीय पहिचान दिलाउने प्रतिवद्धता गरेपनि हालसम्म पुरा नगरेको गुनासो गर्नुभयो ।

कञ्चनपुरको भीमदत्तमा ८४ परिवार र बर्दियामा गरी करिब एक हजार १०० सुनाहाको जनसङ्ख्या छ ।  रासस