२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजनाः सुरुङ फिनिसिङ सकियो, अब सुरुङको परीक्षण तयारी



अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने पन्तको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ । सरकारले मेलम्ची पहिलो र दोस्रो चरणका लागि पाँच अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ । जस अनुसार दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङमा मिसाइने छ ।

मेलम्ची खोलाको पानी पहिलो चरणमा दैनिक १७ लाख लिटर काठमाडौँ उपत्यकामा आउने छ । दोस्रो चरणको आयोजना अन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी पनि मेलम्ची सुरुङ मार्गमा मिसाइने छ । जसमा याङ्ग्री र लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी थप हुनेछ । याङ्ग्री र लार्के खोलाको पानी मिसाएपछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी आउनेछ । गोरखापत्र दैनिक