२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन र बजेट एकसाथ पारित हुने



अ+ अ-

संविधान संशोधन र आर्थिक वर्ष २०७७/०७८ को बजेट एकसाथ पारित हुने भएको छ । बहुप्रतिक्षित संविधान संशोधनको विधेयक संसद्मा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस भएको हो । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा समावेश गर्न संविधान संशोधनको विधेयक पेस गरिएको छ । आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७’ पेस गरे । संसद् सचिवालयले मंगलबार संविधान संशोधनको सूचना प्रकाशित गर्नेछ । सूचना जारी भएको सात दिनपछि पनि ७२ घन्टा संशोधन हाल्न पाइने प्रावधान रहेको छ । सदनमा पेस भएको दोस्रो संविधान संशोधन विधेयमाथि जेठ २७ गतेमात्र छलफल हुने भएको छ । कानुनी प्रक्रिया पूरा भएपछि मात्र सदनमा विधेयकलाई कार्यसूचिमा राखिनेछ ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई संशोधन गर्न यही जेठ ९ गते दोस्रो संविधान विधेयक दर्ता गराएको थियो । भारतले अतिक्रमित गरेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भू–भाग समेटेर सरकारले राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १३ गते संसद्मा रहेका पार्टीका नेताहरूबीच सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्धरूपमा प्रस्तुत हुन र संविधान संशोधनको पक्षमा उभिन आग्रह गरेका थिए । त्यसै गरी बजेटमाथि जेठ २३, २४ र २५ गते मन्त्रालयगत छलफल हुनेछ । संसद् सचिवालयका एक सदस्यका अनुसार संविधान संशोधन र बजेट एकसाथ पारित हुने अवस्था रहेको छ । नेपाल समाचारपत्र दैनिक