१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनको समेत तयारी

क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनको समेत तयारी
अ अ+ अ-

भक्तपुर । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया सुरू गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी सुरू गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण विरुद्ध लड्न भक्तपुरस्थित सङ्कट व्यवस्थापन समिति (सीएमसी) ले विभिन्न योजनासहित तयारी अगाडि बढाएको हो । जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले वडा, नगर र जिल्लास्तरमा कोरोना भाइरस सङ्क्रमण रोक्न योजनाबद्ध रूपमा जिम्मेवारी वहन गर्ने गरी तयारी सुरु गरिएको सिएमसीका संयोजक एवं भक्तपुरका प्रजिअ हुमकला पाण्डेले जानकारी दिइन् । कोभिड–१९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टिन, उपचार तथा आइसोलेशन र संक्रमितको ज्यान गए शवको उचित व्यवस्थापनसम्मको तयारी गरिएको उनको भनाइ छ ।

सरकारले विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १, २ लगायत पूर्वी जिल्ला जाने नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर ल्याएर निश्चित समय क्वारेन्टिनमा राखिने भएको छ । भक्तपुरमै पनि संक्रमित बढ्दै गएको अवस्थामा राख्ने क्वारेन्टिनको व्यवस्था गरिने भएको छ । हाल खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण र नगरकोटको खानेपानी तालीम केन्द्रमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार सरकारले तयार पारेको ३०८ जना क्षमताको क्वारेन्टिन विदेशबाट फर्किएका नेपालीका लागि प्रयोगमा ल्याइने छ । आवश्यक पर्दा मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा ५० जना क्षमताको क्वारेन्टिन बनाउने तयारी गरिएको छ ।

यसबाट पनि अपुग भएमा अस्थायी क्वारेन्टिन बनाउने गरी खुला क्षेत्रको समेत पहिचान गरिएको छ । नगरकोटको होटलमा क्वारेन्टिन बनाउने सन्दर्भमा भने संघीय सरकारबाटै पहल भइरहेको छ । राजमार्गका होटलमा क्वारेन्टिन बनाउनेबारे भएको छलफलमा होटल सञ्चालक सहमत भए पनि सरकारले निश्चित शुल्क दिनुपर्ने उनीहरुको माग छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए तत्काल संक्रमितलाई राख्न क्वारेन्टिन तथा आइसोलेशन कक्ष बढाउने गरी तयारी भएको हो । यस्तै भक्तपुरमा रहेका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ को उपचार तथा आइसोलेशन कक्षको व्यवस्थापनबारे छलफल र तयारी भइरहेको प्रजिअ पाण्डेको भनाइ छ । जिल्लाका चारवटै नगरपालिकालाई कम्तीमा एकएक वटा शव वाहनको व्यवस्था गर्न, प्रत्येक नगरपालिकामा क्वारेन्टिनको व्यवस्था गर्न, विदेशमा रहेकाको लगत सङ्कलन गर्न पत्र पठाएर नगरस्तरमा पनि तयारी थालिएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई पनि शव वाहनको व्यवस्था गर्न भनिएको छ । जिल्ला–जिल्लामा यस्तो व्यवस्थापन नहुँदा काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी महिलालाई भक्तपुरको सवारी साधन र जनशक्ति गएर पशुपतिको विद्युतीय शवदाह गृहसम्म ल्याउनु परेको थियो । धुुलिखेल अस्पतालमा कोरोनाबाट ज्यान गएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव लैजान सवारी साधन र शव व्यवस्थापन भक्तपुरबाट गएका तालीम प्राप्त अरुण सैँजू र राजेश गाइजूले गरेका थिए । यस्तो अवस्था भक्तपुरमा नआओस् भनेर कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शवको व्यवस्थापन गर्न यहाँका नगरपालिका र रेडक्रसलाई एकएक वटा शव वाहनको व्यवस्था गर्न निर्देशन दिइएको हो ।

क्वारेन्टिनको तयारीदेखि शव व्यवस्थापनसम्मका लागि नेपाली सेनाको नेतृत्वमा टोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको संयुक्त सुरक्षा टोलीले सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनको प्रत्येक साता सफाइ गर्ने र तयारी अवस्थामा राख्नेदेखि शव व्यवस्थापनका लागि तालीम प्राप्त १५ जनाको टोली तयारी अवस्थामा राखिएको वीरदल गण सूर्यविनायकका गणपति एवं प्रमुख सेनानी शिव पौडेलले बताए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउनसँगै सीमा नाकामा कडाइ गरिएको जानकारी दिए । सीमा नाकाबाट अत्यावश्यक र गृहमन्त्रालयका पासबाहेक अन्यलाई भक्तपुर भित्रिन नदिएको र साँगा एवं नाला नाकामा कडाइ गर्नाका साथै अन्य लुकेर आउनसक्ने भित्री नाकामा समेत निगरानी बढाएको उनले जानकारी दिए । सौर्य दैनिक