२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेना परिचालनको प्रस्ताव लिएर प्रधानमन्त्री ओली शीतल निवासमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतल निवास पुगेका छन्। कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि सोमबार  प्रधानमन्त्री ओली  सेना परिचालनको प्रस्ताव लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। 

 सेना परिचालनको प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने संविधानमा उल्लेख छ। विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने प्रस्ताव लिएर राष्ट्रपति कहाँ गएको बालुवाटार स्रोतले बतायो । 

राष्ट्रपति, प्रधानमन्त्री र चार वटै सुरक्षा निकायका प्रमखुहरुबीच छलफल भइरहेको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको थियो।

संविधानको धारा २६७ (४)मा नेपाल सरकारले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमासमेत परिचालन गर्न सकिने उल्लेख छ । मन्त्रिपरिषदबाट प्रस्ताव भएर राष्ट्रपतिले अनुमोदन गरेपछि सेना परिचालन गर्न सकिने छ।