२२ भाद्र २०८३, सोमबार
,
Latest
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्छः सांसद सिटौला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतको हितअनुसार संविधान संशोधन हुँदै जाने बताउनु भयो । अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने बताउनु भयो । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने बताउनु भयो । संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा काँग्रेस र वर्तमान सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताको हितमा संविधान संशोधन हुँदै जान्छ । हामीले समग्र कुराको मूल्यांकन गर्नुपर्छ । संसदले गरेका क्रियाकलाप, संसदले बनाएका विधेयकहरु, संवैधानिक परिषद्ले गरेका निर्णयहरु, संवैधानिक निकायले गरेका कामहरु, काम कर्तव्य अधिकार निर्वाह गर्दा लिएको जिम्मेवारी, सबै तहका सरकारले गरेका कामहरुको एक पटक मूल्यांकन गर्न जरुरी छ । संविधान कार्यान्वयनको एक पटक कार्यान्वयन गरौँ । यथार्थपरक भएर जनताको हितमा काम गर्न कतै वाधक भएको भए संविधान संशोधन गरौँ । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्छ । यो मार्गचित्रमा यो सरकार पनि छ र हाम्रो पार्टी पनि छ । संविधान कार्यान्वयनको समीक्षा गर्ने र आवश्यकताअनुसार संशोधन गर्ने नीति तथा कार्यक्रममा भनेका छौँ ।’

सांसद सिटौलाले मधेस प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।