२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेसमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरण बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनु भएको हो ।

उहाँले मधेशवासीलाई खानेपानी, सिँचाइ र मल आपूर्तिको व्यवस्थापन तत्काल गर्न सरकारसँग माग गर्नुभयो । सांसद शर्माले मधेशवासीले बोरिङ चलाएवापत आउने विद्युत महशुल समेत सरकारले तिर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेसमा करिब तीन दशकदेखि सुरु भएका खानेपानी आयोजनाहरु अधुरा छन् । ती पुरा नभएको कारण पनि पनि पानीको हाहाकार भएको छ । चुरेको विनाशका कारण्ले पनि आज यो संकट उत्पन्न भएको छ । केही वर्षपछि यस्तै भयो भने मरुभूमि हुने भन्ने वैज्ञानिकहरुको भनाइ छ । किसानहरुले खोनपानी, सिंचाई र मल ल्याउन पनि नपाउने ? सीमा नाकाबाट मल ल्याउन दिइओस् ।’

उहाँले चुरे क्षेत्रको विनाश बढ्दै गए केही वर्षमा मरुभूमि हुने भन्दै चुरे संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।