१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धमाकेदार एक्शनले भरिपूर्ण ‘वार २’को ट्रेलर सार्वजनिक



अ+ अ-

एजेन्सी । यशराज फिल्म्सको आगामी स्पाइ युनिभर्स फिल्म ‘वार २’ को ट्रेलर रिलिज भएको छ ।

ट्रेलर लगभग २ मिनेट ३५ सेकेन्ड लामो छ । फिल्ममा ऋतिक रोशन फेरि एक पटक कबिरको भूमिकामा देखिएका छन् ।

ट्रेलरमा ऋतिकको चरित्र फरक भावनामा देखाइएको छ । फिल्ममा उनीसँगै जुनियर एनटीआर, कियारा आडवाणी र आशुतोष राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।

फिल्ममा ठूला एक्सन दृश्यहरू छन्, जसमा ऋतिक र जुनियर एनटीआर बीचको प्रत्यक्ष भिडन्त पनि देखिनेछ । ट्रेलरमा ऋतिक र जुनियर एनटीआरले भागवत गीताको श्लोक वाचन गरेका छन् ।

फिल्ममा पहिलो पटक ऋतिक र कियारा आडवाणी एकसाथ देखिनेछन् । ट्रेलरमा यी दुईको केमेस्ट्री राम्रो देखिएको छ । ट्रेलरमा कियारा एक्सन गर्दै देखिएकी थिइन्, तर स्क्रिनमा उनको उपस्थिति अलि कम छ ।

यो फिल्मका निर्देशक अयान मुखर्जीसँग ऋतिकको पहिलो फिल्म हो । यसलाई यशराज फिल्म्सले निर्माण गरेको हो । यो फिल्म १४ अगस्ट २०२५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।