१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

‘अन्तरजातीय बिभेद, बिहे हठ र असावधानीपछि सोती घटना’

‘अन्तरजातीय बिभेद, बिहे हठ र असावधानीपछि सोती घटना’
अ अ+ अ-

रुकुम पश्चिम । संयुक्त दलित जनअधिकार मञ्चले सोती घटना जातीय विभेदको पराकाष्ठा भएको निष्कर्ष निकालेको छ । स्थलगत अध्ययनपछि सार्वजनिक गरिएको १५ पेजको प्रतिवेदनको ८ बुँदामा जातीय अहंकारले ठूलो दुर्घटना भएको निष्कर्ष निकालिएको छ । समाजमा सुषुप्त अवस्थामा रहेको जातीय विभेदकै कारण सोतीमा ठूलो घटना भएको निष्कर्षमा उल्लेख छ । नवराज विक र मल्ल थरकी किशोरीबीचको प्रेम सम्बन्धमा परिवारबाट भएको अवरोध, दुवैतिर बढ्दै गएको तनाव र तनावसँगै मनमुटाव बढ्दै जाँदा सामूहिक हत्याकाण्ड हुने पृष्ठभूमि तयार भएको प्रतिवेदनमा जनाइएको छ । केटी पक्षका घरपरिवारले अन्तरजातीय प्रेम सम्बन्धलाई अस्वीकार गर्नु घटनाको मुख्य कारण भएको र यो कारण जातीय विभेदमा आधारित रहेको पुष्टि भइसकेको पनि मञ्चको ठहर छ ।

नवराज र किशोरीबीचको प्रेम सम्बन्धमा अवरोध हुने अवस्था आएको, दुईरदुई पटक केटी पक्षबाट नवराजमाथि अवरोध गरिएको कारण र प्रमाणले मल्ल, ठकुरी बाहुल्य समाजको आत्मसम्मानका ठेस पुग्ने प्रतिष्ठाको विषय बनाएर सिंगो गाउँ नै आक्रमणमा उत्रिएको प्रस्ट भएको मञ्चका संयोजक उपेन्द्रलाल कामीले बताए । जाजरकोटका पीडित पक्ष तथा सोती गाउँवासीसँगको छलफल र घटनास्थलको अवलोकनबाट जातीय विभेदकै कारणले नवराज र उनका साथीहरूमाथि आक्रमण भएको प्रस्ट हुने आधार भेटिएको उनले दाबी गरे ।घटनामा संलग्न भनिएका वडाध्यक्ष डम्बरबहादुर मल्लले घटनाका बारेमा प्रहरीलाई खबर गरे पनि गाउँलेलाई नियन्त्रण गर्न प्रयास नगरेर गम्भीर त्रुटि गरेको निष्कर्ष पनि प्रतिवेदनमा निकालिएको छ ।

प्रतिवेदनले जिल्लामा जातीय छुवाछूत नभए पनि जातीय विभेद जब्बर रूपमा रहेको पनि ठहर गरेको छ । ‘यो घटनाले पनि त्यही बताउँछ,’ दलित अधिकारकर्मी दीपेन्द्र विकले भने, ‘खाने, बस्ने लगायतमा हामीले छुवाछूतको अनुभव गर्नु पर्दैन सम्बन्धमा जोडीन खोज्दा मल्ल ठकुरीमा कहिन कतै ठेस पुग्ने भएकाले सम्बन्ध गास्न खोज्दा जातीय विभेद भएको सोती घटनामा चरम पराकाष्ठा प्रकट भयो ।’ मञ्चले दोषीउपर कडा कारबाहीको माग गरेको छ । उक्त प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा समेत पठाइएको छ । संयुक्त दलित अधिकार मञ्चमा सबै राजनीतिक दलमा आस्था राख्ने दलित नेता तथा स्वतन्त्र दलित अधिकारकर्मी, दलित कलाकार, शिक्षकहरू आबद्ध छन् । चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले गतसाता जाजरकोटबाट केटी भगाउन भन्दै आएका युवामाथि आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।

जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप ९सञ्जु० विक, लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको छ भने भेरी नगरपालिकाका गोविन्द शाही बेपत्ता छन् । हत्यामा संलग्न भएको भन्दै वडाध्यक्ष मल्लसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ जना फरार छन् । राजधानी दैनिक