२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर डिस्पोज गर्नुपर्ने सांसद देवकोटाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर डिस्पोजल गर्न सरकारसँग आग्रह गर्नुभयो ।  

रोल्पामा बैशाख १८ गते बम विस्फोटबाट ४ जना बालबालिको निधन भएको स्मरण गराउँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । तत्कालि नेकपा माओवादीले सशस्त्र विद्रोहका बेला लुकाएका बमहरु पड्केर जनता त्रसित भएको भन्दै उहाँले तत्काल खोजीकार्य गरी डिस्पोजल गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘लुकाइ छिपाइ राखेका हातहतियार अहिले पनि पड्किने र जनताहरु त्रसित हुने क्रम अहिलेसम्म रोकिएको छैन् । अहिले माओवादी सरकारमा छ । सशस्त्र द्वन्दको नेतृत्वकर्ता अहिले गृहमन्त्री हुनुहुन्छ । तसर्थ ज्ञानका आधारमा जानकारीका आधारमा कुन कुन ठाउँमा बमहरु लुकाइएको छ खोजी गरी डिस्पोजल गर्न आगह गर्न चाहान्छु ।’’